Home » » लायन्सको संयुक्त रक्तदानमा ५५ जनाले गरे रक्तदान

राजेन्द्र आचार्य
भरतपुर, १७ असार ।  चितवनमा रगतको माग बढेसगै रगतको अभाव हुन नदिने उद्देश्यका साथ नाराणगढमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 
सो अवसरमा २ महिला सहित ५५ जनाले रक्तदान गरेको गरेको लायन्स क्लब अफ चितवन सिटिका निर्वतमान अध्यक्ष धर्मराज सापकोटाले जानकारी दिए । लायन्स क्लब अफ गितानगरका संस्थापक अध्यक्ष कमल प्रसाद श्रेष्ठले रक्तादान गर कार्यक्रमको शुभारम्भ गरेका थिए ।लायन्स बर्ष २०१३/१०१४ को शुरुवातको अवसर पारेर लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टु अन्र्तगत रहेका लायन्स क्लब अफ चितवन युथ, चितवन सिटि, गितानगर र रिर्भर साईडले संयुक्त रुपमा सो रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टुका पूर्व डिस्टीक गर्भरनर लायन प्रभात कुमार जोशी प्रमुख अतिथि रहेको थिए । लायन्स क्लब अफ चितवन सिटिका अध्यक्ष माधव पौडेलको अध्यक्ष्ततामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टुका पूर्व डिस्टीक गर्भरनर लायन राजकुमार श्रेष्ठले वोलेका थिए ।

0 comments to "लायन्सको संयुक्त रक्तदानमा ५५ जनाले गरे रक्तदान "

Leave a comment

Contributors

Powered by Blogger.